बैंकहरूमा पैसा थुप्रिन थालेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्याे
काठमाण्डाै ।
बैंकहरूमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि पैसा तान्ने अर्थात् ‘रिभर्स रिपो’ जारी गरेको छ । ऋण माग्नेहरू नभएपछि अहिले बैंकहरूमा ४० अर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ । यसरी बैंकमा रकम थुप्रिन थालेपछि राष्ट्र बैंकले मौद्रिक औजार अर्थात् रिभर्स रिपो जारी गरेर पैसा जम्मा गर्न लागेको हो ।
आज राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकबाट तान्नका लागि रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकमा पैसा राख्नका लागि बैंक तथा वित्तीय संस्थाले अहिले ३ बजेसम्म बोलकबोल गर्ने समय पाएका छन् ।
यो आर्थिक वर्षमा राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको आज चौथो पटक हो । यसअघि यही असार ७ गते १० अर्ब रुपैयाँको, १० गते २० अर्ब रुपैयाँको र गएको चैतमा पाँच अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो ।
पैसा थुप्रिन थालेपछि अहिले बैंकहरूले धमाधम ग्राहक खोजिरहेका छन् । केही बैंकले त ठूला उद्योगीलाई फोन नै गरेर ऋण लैजान आग्रह गरेका छन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


