धौलीगङ्गाको बाँध भाेलि बिहान खाेलिने, सतर्कता अपनाउन आग्रह
दार्चुला – भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँध भाेलि मङ्गलवार बिहान खाेलिने भएकाे छ । भारतले भाेलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म धाैलीगङ्गाकाे बाँध झण्डै १५ घण्टाका लागि खोल्ने भएकाे हाे ।
एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाइका लागि बाँधका ढोकाहरु खोल्न लागिएको हो।
बाँधकाे ढाेका खाेलिने भएपछि आइतवार हिजाे जिल्ला प्रशासन कार्यालय दार्चुलाले विज्ञप्ति जारी गर्दै महाकाली नदी किनारका बस्तीहरुमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ ।
धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएकाे दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले जानकारी दिनुभयो।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


