सरकारले धानकाे समर्थन मूल्य ताेक्याे
काठमाण्डाै – सरकारले धानकाे समर्थन मूल्य ताेकेकाे छ । मङ्गलवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले धानकाे समर्थन मूल्य ताेकेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।
बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य ताेकेकाे उहाँले बताउनुभयाे । सरकारले कृषि मन्त्रालयकाे प्रस्तावमा धानकाे समर्थन मूल्य ताेकेकाे हाे ।
सरकारले आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानकाे प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेकाे थियाे ।
यसअघि सरकारले समयमै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्दै आएका थिए । किसान भने कम मूल्यमा बेच्न बाध्य थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


