काठमाण्डाै महानगरले ताेक्याे पार्किङ शुल्क, प्रतिघण्टा दुई पाङ्ग्रेको २५ र चार पाङ्ग्रेको ७५ रुपैयाँ
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीकाे पार्किङ शुल्क निर्धारण गरेको छ ।
साेमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र गाडीकाे पार्किङ शुल्कमा एकरूपता ल्याउन शुल्क निर्धारण गर्नुपरेको बताउनुभयाे ।
उहाँका अनुसार काठमाण्डाै महानगरभित्र दुई पाङ्ग्रे गाडीकाे आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ निर्धारण गरिएकाे छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा पाँच/पाँच रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताउनुभयो । यस्तै चार पाङ्ग्रे गाडीले आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाकाे ७५ रुपैयाँ र एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।
उपमेयर डंगाेलले महानगरको न्यायिक समितिमा कोठा र पसलको शटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको सङ्ख्या बढेकाे पनि बताउनुभयाे । पछिल्ला दिनमा आर्थिक मन्दीका कारण पनि त्याे उजुरी न्यायिक समितिमा झन्डै दोब्बरले बढेको उहाँले बताउनुभयाे । हरेक १० वटा उजुरीमध्ये आठ वटा उजुरी कोठा र शटर बन्द गराई भाडा दिलाई पाउँ भन्ने खालको आउने गरेको महानगरपालिकाले बताएको छ ।
उपमेयर डंगोलले न्यायिक समितिमा भाडा तिर्न नसकेर सहकारीलगायतका संस्थाहरू भागेको उजुरी पनि आउने गरेको बताउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


