शिवराज नगरपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा आँखामा राख्ने औषधिको अभाव
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा आँखामा राख्ने औषधिको अभाव देखिएको छ । नगरपालिकाले खरिद नगर्दा अहिले बिरामीहरु निजि मेडिकलमा गएर खरिद गर्न वाध्य भएका छन् । विभिन्न स्वास्थ्य चौकीहरुमा दैनिक विरामी बढने गरेपनि औषधि अभाव रहेको स्वास्थकर्मीहरुको भनााई छ । फेसबुक पेजमा नगर प्रमुख अजय थापाले निशुल्क रुपमा सबै नागरिकहरुलाई औषधि पुराउने प्रतिवद्धता गरेपनि अहिले विरामीहरु रित्तो हात फर्कन परेको छ ।
वडाहरुले आँखा उपचारको लागि विभिन्न अभियान संचालन गरेपनि औषधि अभावले अभियानलाई तिव्र रुपमा लैजान सकेका छैनन् । स्वास्थय चौकीमा दैनिक ३० देखि ४० जना आखाको रोगी आउने गरेपनि नगरपालिकाले २५ पिस मात्र दिने गरेको छ । आधारभूत अस्पतालमा औषधि सकिएको सुचना पाएलगतै स्वास्थ्य शाखाले औषधिको व्यवस्था गर्न जुटेको छ । औषधि बजारमा अभाव रहेकोले केहि स्थानमा प्रयाप्त मात्रामा पुराउन नसकिएको स्वीकार गरेको छ । आँखा पाक्ने रोग तिव्र गतिमा वढेपछि स्वास्थ्य संस्था जाने विरार्मीको संख्या वढिरहेको छ । उपचार पाईने आसामा स्वास्थ्य संस्था पुग्ने गरेका विरामी औषधि छैन भनेर घर फर्काउदा निरास वनेका छन । सरकारवाट निशुल्क वितरण गर्ने अन्य औषधिहरु पनि शिवराज नगरपालिकाको स्वास्थ्य संस्थाहरुमा अभाव देखिएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


