राप्रपाले आज काठमाडौंमा बृहत् र्यालीसहित विरोध सभा गर्दै
२७ भदौ, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा र्यालीसहित विरोध सभा गर्ने भएको छ।
र्याली मध्यान्ह सवा १२ बजे काठमाडौंको भृकुटी मण्डपबाट सुरु हुने रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ। विरोध सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
केन्द्रीय कार्यालय धुम्बाराहीमा गत आइतबार बसेको पदाधिकारी बैठकले काठमाडौंमा बृहत् विरोध सभा गर्ने निर्णय गरेको थियो। विरोध सभामा सहभागी हुन देशका विभिन्न ठाउँबाट मानिसहरु काठमाडौं आइरहेको राप्रपाले जनाएको छ।
गौहत्याको विरोध, हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, महंगी तथा भ्रष्टाचारको अन्त्य र युवालाई स्वदेशमै रोजगारी नाराका साथ राप्रपाले विरोध सभा गर्न लागेको हो।
देश आर्थिक संकटमा परेका बेला सरकार उदासिन बनेको भन्दै सरकारलाई दबाब सिर्जना गर्न पार्टीले र्यालीसहित सभा गर्न लागेको प्रवक्ता श्रेष्ठको भनाइ छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam