राष्ट्र संघको प्रस्तावमा नेपालले गर्‍यो बीबीएनजे सम्झौतामा हस्ताक्षर


४ असोज, न्यूयोर्क : नेपालले बायो डाइभर्सिटी बिओण्ड नेसनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्र संघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन्। अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ। खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०–३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नेछ। सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्र संघले जनाएको छ।

यो सम्झौतामा विश्वभरका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP