सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई
६ असोज, काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको आरोप लगाएका छन्।
मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि सरकार त्यसक्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उनको टिप्पणी थियो।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए।
उनले शिक्षामा लगानी गर्ने कुरा वार्षिकरूपमा घट्दै जानु विडम्बनाको विषयमा भएकोसमेत स्पष्ट पारे। सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको थाल्न पनि सरकारलाई सचेत गराए।
उनले भने, ‘भर्खरै संसदमा शिक्षा विधेयक दर्ता भएको छ। त्यसका पक्ष, विपक्षमा बहस, छलफलहरू भएका छन। एउटा लोकतान्त्रिक राज्य व्यवस्था भित्र बहस, छलफल हुने कुरालाई हामीले स्वभाविक रूपमा लिनुपर्छ। यसले हामीलाई सही हिसाबले नै अगाडि बढाउँछ भन्ने मलाई लाग्छ। तर दुःखको कुरा विगत दशकौँदेखि नेपाल सरकार, नेपालको राज्य व्यवस्था शिक्षाको मामिलामा जति संवेदनशील हुनुपर्ने हो। त्यति संवेदनशील हुन सकेको छैन।’
सचिव भट्टराईले लगानीको कमी भएकाले शिक्षामा सोचे अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए। उनले गुणस्तरीय शिक्षाका लागि सरकारले अभिभावकहरूको संलग्नतालाई पनि जोड दिनुपर्ने बताए।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam