एमालेको बागमती नेतृत्वमा सहमति जुटेन, निर्वाचनका लागि उम्मेदवारी दर्ता
१० असोज, काठमाडौं : नेकपा एमाले बागमती प्रदेश नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने भएको छ। एमाले बागमती प्रदेशको वर्तमान अध्यक्ष केशव पाण्डेले सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुन लागेको जानकारी दिए। पाण्डेले निर्वाचनमा भाग लिन चाहनेलाई ३ बजेदेखि मनोनयन फारम वितरण गर्न सुरु गरिसकिएको बताए।
उनको अनुसार आजै अपरान्ह ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता, ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन र ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन हुनेछ। पाण्डेले नेतृत्व चयनको लागि भोलि बिहीबार निर्वाचन हुने भए पनि मतदानको समय निर्धारण गरिनसकिएको बताए।
‘अहिले निर्वाचन कति बजेबाट सुरु गर्ने भनेर तोकिसकिएको छैन। तर,बिहान ८ बजेबबाट गर्ने भन्ने तयारी भइरहेको छ’,पाण्डेले भने। एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले विद्युतीय मेसिनबाट मतदान हुने जानकारी दिए।
कृष्ण दाहाल र कैलाश ढुंगेल अध्यक्षको दाबीबाट पछि नहट्दा निर्वाचन हुन लागेको हो। एमाले नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पहल गरे पनि सहमति नजुटेपछि अन्ततः निर्वाचन हुने भएको छ।
यसअघि एमाले लुम्बिनी प्रदेशको नेतृत्व पनि निर्वाचनबाट नै चयन गरिएको थियो। प्रदेश अधिवेशनबाट एमालेभित्रको गुट उपगुट सतही रुपमा देखिएको छ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam