भारतबाट फर्किएर होटलमा बास बसेका नेपाली मृत भेटिए
१५ असोज, बैतडी : नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट बजारस्थित होटेलमा एक नेपाली मृत फेला परेका छन्।
बझाङको छबिस पाथिभेरा गाउँपालिका– ७ बुडखोरीका ३३ वर्षीय हिक्मत धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडी सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
जिल्लाको दशरथचन्द नगरपालिका–८ स्थित नेपाल–भारत सीमामा पर्ने झुलाघाट बजारको बोहरा होटेलभित्र एक ३३ वर्षीय युवक मृत फला परेका हुन्।
भारतको अलमोडाबाट काम गरेर स्वदेश फर्किएका युवक गएराति बोहरा होटेलमा बास बेसका थिए। सुतेकै अवस्थामा होटेलको माथिल्लो तलाको कोठामा मृत फेला परेका प्रहरीले जनाएको छ।
धामीको मृत्युको कारण खुल्न सकेको छैन। प्रहरीको टोली घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam