नेपालगञ्जमा आज दिनभरका लागि हटाइयो कर्फ्यू, निषेधाज्ञा कायमै
१८ असोज, काठमाडौं : बाँकेको नेपालगञ्जमा मंगलबारदेखि जारी कर्फ्यू खुकुलो पारिने भएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू खुला गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। बेलुकी ८ देखि शुक्रबार बिहान ६ बजेसम्म पुन: कर्फ्यू लाग्नेछ।
बिहीबारका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका सभा बैठक वा प्रदर्शन गर्न, पोष्टर–पम्प्लेट टाँस्न र हुलदंगा वा अशान्ति मच्चाउने उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी जम्मा हुन नपाउनेगरी निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला सुरक्षा समितिको बैठक अहिले पनि जारी छ । बिहीबारको अवस्थालाई हेरेर शुक्रबारका लागि निर्णय गर्ने केसीले बताए। मंगलबार हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यू लगाएको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam