आज विश्व मुस्कान दिवस


१९ असोज, काठमाडौं : विश्व मुस्कान दिवस मनाइँदै छ। हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ।

मानिसमा आपसी दया, सद्भाव र खुशी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन थालिएको हो।

मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ। मुस्कानले आत्मविश्वास बढाउँछ।

मनोविद् विजया बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन्। मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ। उनका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ।

‘मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन्’, उनी भन्छिन्, ‘तब व्यक्तिको तनाव कम हुन्छ, तनाव कम भएपछि सुख बढ्छ र आनन्द बढ्छ। आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो।’

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP