हराएकी भनिएकी महिला घरको भकारीभित्र मृत फेला
२० असोज, सल्यान : जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ खार्वनमा चार दिनदेखि हराइरहेकी महिला आफ्नै घरमा मृत भेटिएकी छिन्। ४९ वर्षीया गणेशी रोका बिहीबार साँझ आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेकी हुन्।
परिवारले गणेशी असोज १५ गते बेलुका घरबाटै हराएको भनेर बताउँदै आएको थियो । चार दिनसम्म सम्पर्कमा नआएपछि गाउँलेले उनको खोजी थालेका थिए।
बिहीबार गाउँले मृतकको घरमा जम्मा भएको वेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि खोज्दा भकारीभित्र शव भेटिए पछि प्रहरीलाई स्थानीयले बखर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।
घटना शंकास्पद रहेको र प्रहरीले अनुसन्धान थालेको श्रेष्ठले बताए। शव पोष्टमार्टममा लागि सल्यान जिल्ला अस्पताल लगिएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam