संयुक्त राष्ट्रसंघका महासचिवले भने, मध्यपूर्वमा द्वन्द्व थप चर्किन नदिनू


२१ असोज, एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मध्यपूर्वमा द्वन्द्व बढ्न नदिन कूटनीतिक प्रयास गर्न आग्रह गरेका छन्। इजरायलमा हमासको आक्रमणपछि उनले द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै एक मात्र माध्यम भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासचिवका हैसियतमा द्वन्द्व थप चर्किनबाट रोक्न सबै कूटनीतिक प्रयास गर्न आग्रह गर्दछु’, गुटेर्रेसले भनेका छन्, ‘दुई राष्ट्रको द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै उत्तम माध्यम हो।’

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाइ, समुद्री र स्थल आक्रमण गरेको हो । शनिबार हमास र इजरायली पक्षबाट भएका आक्रमणमा सयौँ व्यक्ति हताहत भएका छन् ।

आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP