शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्‌बाट पारित


२१ असोज, काठमाडौं : विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरेका हुन्।

‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ’, उनले भने।

यसअघि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्रस्तावित शिक्षा विधेयक फिर्ता नभई दफावार छलफल गरी पारित गर्न आग्रह गरेका थिए।

‘फिर्ता नभई दफावार छलफल गरी पारित गरौँ भन्ने निवेदन गर्दछु’‚ उनले भने।

TOP