जर्मनीमा कामदार पठाउन आज श्रम सम्झौता हुँदै
२३ असोज, काठमाडौं : नेपाल र जर्मनीबीच आज श्रम सम्झौता हुँदैछ। श्रम सम्झौताका लागि श्रममन्त्री शरत्सिंह भण्डारी नेतृत्वको टोली जर्मनी पुगिसकेको छ।
जर्मनीसँगको श्रम सम्झौताका क्रममा श्रमिक भर्ना प्रक्रिया अघि बढाउने, सामाजिक सुरक्षाका कार्यक्रममा सहभागी गराउने र मौसमी श्रमिक भर्ना प्रक्रियालाई छिटो–छरितो बनाउने जस्ता विषयमा छलफल हुनेछ।
जर्मनीमा अदक्ष ओपेअर (घरेलु सहयोगी) देखि कृषि तथा औद्योगिक क्षेत्रमा दक्ष र उच्च दक्ष कामदार लैजानेबारे सम्झौता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सम्झौता अनुसार जर्मनीमा प्रशिक्षार्थी श्रमिकका रूपमा गएर एक वर्ष त्यहाँ सीपमूलक तालिम लिएपछि मात्र श्रम बजारका लागि योग्य हुनेछन्।
नेपालबाट अहिले अदक्ष, अर्धदक्ष कामदार धेरै गइरहेकामा यस सम्झौतासँगै बिस्तारै दक्ष कामदारको सङ्ख्या बढ्ने अपेक्षा रहेको श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले बताए। जर्मनीमा मासिक ६ सय युरो (झण्डै ८४ हजार रुपैयाँ) पाउने गरी सम्झौता हुन लागेको हो।
नेपालले यसअघि १९ असोजमा पूर्वी युरोपेली देश रोमेनिआसँग श्रम सम्झौता गरेको थियो। रोमेनिआमा अहिले नै कम्तीमा पाँच सय युरोको सम्झौता भएको छ। रोमानियामा अहिले १५ हजार नेपाली कामदार रहेको तथ्यांक छ।
नेपाल सरकारले हालसम्म मलेसिया, कतार र कोरियासहित नौवटा देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ।
नेपालबाट विभिन्न १११ देशमा संस्थागत रूपमा कामदार जाने गरे तापनि द्विपक्षीय श्रम सम्झौता नभएका कारण नेपालीहरू श्रमिकले पाउने कतिपय हक र अधिकारबाट वञ्चित हुँदै आएका छन्।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam