एमाले मधेश प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
२४ असोज, काठमाडौं : नेकपा एमाले मधेश प्रदेशको अधिवेशन बुधबार शुरु हुँदैछ।
जनकपुरमा हुने अधिवेशनको उद्घाटन मध्याह्न १२ बजे अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए। उद्घाटनसँगै आज बन्दसत्र शुरु हुनेछ। बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदन पेश हुनेछन्।
नयाँ नेतृत्व सकेसम्म सर्वसम्मत गराउने प्रयास हुने र हुन नसके बिहीबार निर्वाचन कार्यतालिका अघि बढ्ने सचिव भट्टराईले जानकारी दिए। नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए।
अधिवेशनका लागि एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेको उनले बताए। कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको उनको भनाइ छ।
अधिवेशनले २१० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam