आजदेखि मनसुन नेपालबाट बाहिरियो तर वर्षाको सम्भावना कायमै
२८ असोज, काठमाडौं : यस वर्षको मनसुन आज (आइतबार)देखि बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज विज्ञप्ति जारी गर्दै मनसुन बाहिरिएको जानकारी दिएको हो।
महाशाखाले नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको मनसुन आज मिति २०८० असोज २८ गते (तदनुसार १५ अक्टोबर २०२३) का दिन नेपालबाट बाहिरिएको छ।’
जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ। यद्यपि फेरि पश्चिमी न्यूनचापीय प्रणालीको कारणले भोलि सोमबारदेखि नेपालको सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam