यूएनमा नेपालले गर्यो युद्ध अन्त्यको पक्षमा मतदान
११ कार्तिक, काठमाडौं : नेपालले इजरायल र प्यालेस्टाइनको हमास समूहबीच जारी युद्ध अन्त्यको पक्षमा मतदान गरेको छ।
संयुक्त राष्ट्रसंघ (यूएन) को महासभामा भएको मतदानमा नेपालले युद्ध रोक्ने पक्षमा मतदान गरेको हो। युद्ध रोक्ने पक्षमा १२० मत परेपछि महासभाले प्रस्ताव पारित भएको घोषणा गरेको छ। प्रस्तावको पक्षमा १२० मत परेको छ भने विपक्षमा १४ देशले मतदान गरेका छन्। नेपालले पक्षमा मतदान गर्दा भारतसहित ४५ देशले भने मतदान गरेनन्।
गएराति महासभाबाट प्रस्ताव पारित भएपछि शत्रुताको अन्त्य गर्दै तत्काल युद्धविरामको आह्वान गरिएको छ। यद्यपी इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेको छ। इजरायल हमासबीचको युद्धको आज २२ औं दिन हो।
अक्टोबर ७ मा हमासको हमलापछि संयुक्त राष्ट्र संघको पहिलो औपचारिक प्रतिक्रिया आएको हो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam