बारामा गोली हानेर शिक्षकको हत्या, घाँटी र छातीमा चार गोली
१३ कार्तिक, काठमाडौँ : बाराको कलैया उपमहानगरपालिका–६ मा मोटरसाइकलमा आएका व्यक्तिको गोली लागेर एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय एकता इंग्लिस बोर्डिङ स्कुलका प्राचार्य रुपेश स्वर्णकार (गुड्डु) रहेका छन्।
उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको प्रहरीले जनाएको छ। घटना दिउँसो करिब २ बजेतिरको हो। गोली लागेका शिक्षकको उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थिए।
दुई मोटरसाइकलमा आएका चार जनाको समूहले गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुले पनि उनीहरू गोली हानेर फरार भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले उनीहरूको पहिचान नभएको थाहाखबरलाई बताए। प्रहरीले उनीहरुको खोजी तिब्र पारिसकेको कडायतले बताए।
शुरुमा उनलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बयोधा अस्पताल पुर्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam