शरणार्थी शिविरमा इजरायलको बम वर्षा, २ सय जनाको मृत्यु
१६ कार्तिक, काठमाडौं : इजरायलले गाजापट्टीको एक शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ।
जबालिया शरणार्थी शिविरमा इजरायलले पटकपटक खसालेको बमका कारण एक सय १ सय २० जना भन्दा बढी भग्नावशेषमा पुरिएर बेपत्ता छन्।
७ सय ७७ जना घाइते भएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले शिविरमा पटकपटक आक्रमण गरेर निहत्थाको ज्यान लिइएको आरोप लगाएका छन्। इजरायलले उक्त शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ। साथै आफ्नो आक्रमणमा हमासका एक वरिष्ठ कमाण्डर महम्मद अल सार मारिएको दाबीसमेत इजरायलको छ।
यसैबीच राष्ट्र संघीय एजेन्सी युनिसेफले बालबालिकामाथिको आक्रमण बन्द गर्न इजरायलाई आग्रह गरेको छ। जबालिया शरणार्थी शिविरमा भएको आक्रमणमासमेत ठूलो संख्यामा बालबालिका मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इजरायलले जारी राखेको आक्रमणमा इजरायलमा ३५ सय बढी बालबालिकासहित झण्डै ९ हजार मानिसको मृत्यु भइसकेको छ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam