पाकिस्तानमा सुरक्षाकर्मीको गाडीमाथि आक्रमण, १४ सैनिकको मृत्यु
१८ कार्तिक, एजेन्सी
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ।
नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै एक सैनिक अधिकारीले १४ जना सैनिक मारिएको बताएका हुन्। घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीलाई जानकारी सँग भने, ‘तटीय राजमार्गमा सुरक्षा बलको काफिलामाथि आक्रमण भएपछि विवरण संकलन र आवश्यक प्रतिक्रियाका लागि हाम्रो टोली त्यस क्षेत्रमा पुगेको छ।’
एएफपीलाई प्राप्त तस्विरमा जलेका शव सडकभरि छरिएका देखिएका छन् तर यसबारे कसैले जिम्मेवारी लिइसकेको छैन। इरानको सीमादेखि कराँचीसम्मको समुद्री तटलाई पछ्याउने राजमार्गमा रहेको बलुचिस्तानको माछा मार्ने शहर पास्नी नजिकै सो आक्रमण भएको हो।
बलुचिस्तानमा जातीय बलोच गुरिल्लाहरूले प्रान्तको समृद्ध ग्यास र खनिज संसाधनको दोहनको आरोप लगाउँदै सरकारसँग दशकौंदेखि संघर्ष गर्दै आएको छ। बलोच समुदायले लामो समयदेखि प्रान्तको मुनाफाको उचित हिस्सा नपाएको गुनासो गर्दै आएका छन्। यसै अधिकारका लागि संघर्ष गर्ने स्थानीयहरूबीचबाट पृथकतावादी समूहहरू जन्मिएका छन्।
यसैबीच पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा प्रहरी भ्यानलाई लक्षित गरी भएको बम विष्फोटमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन्।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam