भाइटीकाको उत्तम साइत १० बजेर ५१


२० कार्तिक, काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार कात्तिक २९ गते बुधबार विहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार विज्ञप्ति जारी गर्दै भाइटीकाको उत्तम साइत सार्वजनिक गरेका हुन्।

यस वर्षको तिहार कात्तिक २५ गते सुरु हुँदैछ। पहिलो दिन कागको पूजा गरी काग तिहार मनाइन्छ ।

TOP