गाजामा इजरायलले दैनिक दुई ट्रक इन्धन जान दिने
२ मंसिर, काठमाडौं : इन्धनको चरम संकट भोगिरहेको गाजामा इजरायलले दैनिक दुई ट्रक इन्धन जान दिने भएको छ।
गाजाका सबैजसो नाका बन्द गराएर आक्रमण जारी राखेको इजरायलले गाजाका अस्पताल इन्धन अभावले बन्द हुने अवस्थामा पुगेपछि दैनिक दुई ट्रक इन्धन प्रवेशको अनुमति दिने घोषणा गरेको हो।
इजरायल अमेरिकी दबाबमा इन्धनका गाडीलाई प्रवेश दिन लचक भएको हो। दुई ट्रकमा इजरायलमा दैनिक १ लाख ४० हजार लिटर इन्धन सप्लाई हुनेछ। यसरी गएको इन्धन त्यहाँ सहयोगका लागि पुगेका राष्ट्र संघीय एजेन्सीका उद्धारकर्मी तथा मोबाइल फोन तथा इन्टरेनट सेवा प्रदायकले प्रयोग गर्नेछन्।
प्यालेस्टाइनी शरणार्थीहरुका लागि काम गर्दै आएको राष्ट्र संघीय एजेन्सीले त्यहाँ हरेक दिन सहायतामा खटिएकाहरुका लागि मात्रै दैनिक १ लाख ६० हजार लिटर इन्धन आवश्यक रहेको बताएको थियो। गत सात अक्टोबरबाट जारी गाजा आक्रमणमा हालसम्म १२ हजार बढीको मृत्यु भइसकेको छ इजरायलले आक्रमण रोकेको छैन।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam