चिसोले थप एक भूकम्पपीडितको मृत्यु
२ मंसिर, काठमाडौँ : जाजरकोटको छेडागाड नगरपालिका-१३ मा चिसोका कारण भूकम्पपीडित एक महिलाको ज्यान गएको छ। पालमुनि बस्दै आएकी ६३ वर्षीया मनसरी कामीको आज बिहान मृत्यु भएको नगरप्रमुख रत्नबहादुर खड्काले थाहा खबरलाई जानकारी दिए।
उनका अनुसार मनसरा दमकी रोगी थिइन्। योसँगै चिसोले ५ जना भूकम्पपीडितको ज्यान गएको छ भने कात्तिक १७ गते गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। चिसो बढेसँगै पालिकामा भूकम्पपीडितहरू विरामी पर्न थालेको नगरप्रमुख खड्काले बताए।
यस पालिकामा अहिले ३ हजार ५ सय परिवार बाहिर बसिरहेकामा १ हजार १ सय परिवारलाई मात्रै त्रिपाल दिन सकिएको नगरप्रमुख खड्काले जानकारी दिए।
त्यस्तै ७ सय परिवारलाई कम्बल वितरण गरिएको छ। भूकम्प प्रभावितको व्यवस्थापनमा समस्या भइरहेको उनले बताए। अहिले त्रिपाल र कम्बल अभाव रहेको बताउँदै उनले सहयोगका लागि सबैमा अपिल पनि गरेका छन्।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam