एक हप्ता अघि सुरुङभित्र फसेका ४० मजदुरको अझै भएन उद्धार
३ मंसिर, काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन ।
उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ एक्कासी भत्किएपछि गत सोमबारदेखि ४० जना मजदुरहरु फसेका छन् । उनीहरुलाई उद्धारका लागि गरिएको हालसम्म प्रयास असफल भएको छ । यद्यपि प्रयास जारी छ ।
बीबीसी हिन्दीका अनुसार मजदुरहरुलाई उद्धार गर्न हालसम्म होरिजेन्टली (सुरुङको मुख्य मार्ग अगाडिबाट तेर्सो गरी) मेसिनले ड्रिल गर्ने काम गरिएको थियो । तर तेर्सो गरी प्वाल पार्ने तीन पटकको प्रयास असफल भएको छ । अब पहाड माथिबाट ठाडो प्वाल पार्ने प्रयास भइरहेको छ । अर्थात् तेर्सो र ठाडो दुवै तरिकाले सुरुङमा प्वाल पार्ने प्रयास भइरहेको छ ।
‘अहिले मजदुरहरुलाई बाहिर निकाल्ने काम ठप्पजस्तै छ,’ बीबीसी हिन्दीले लेखेको छ, ‘ठाडो प्वाल पार्दा १०३ मिटर जति गहिरो खन्नुपर्छ र यो निकै जोखिमपूर्ण छ । यदि सबै काम ठिकठाक चलेमा त्यो काम गर्न पनि चार–पाँच दिन लाग्ने अनुमान छ ।’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam