पर्यटन ऐन संशोधनको प्रक्रियामा छौँ : राज्यमन्त्री सिर्पाली
६ मंसिर, काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरूलाई मद्देनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताएकी छन्।
बुधवार काठमाडौँमा भिजिट भरतपुर २०२४ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले पर्यटन क्षेत्र कच्चा पदार्थ भएकाले यसबाट नेपालले धेरै कुरा बनाउन सक्नुपर्नेमा जोड दिइन्। उनले नेपालमा पर्यटनका सम्भावनालाई विकासमा जोड्नुपर्ने बताइन्।
उनले नेपालमा पर्यटनको उपलब्धि भनेअनुसार नहुनुमा पर्यटन नीतिहरू पनि कारक रहेको भन्दै अहिले सरकारले पर्यटन नीति संशोधन गरिरहेको खुलासा गरिन्। उनले पर्यटकलाई नेपालमा ल्याएर धेरै दिन कसरी राख्ने र के देखाउने भन्नेबारेमा छुट्टै तालिका बनाउन जरुरी रहेको बताइन्।
उनले भनिन्, ‘पर्यटक भनेको उद्योग पनि हो। हाम्रा सम्भावनालाई विकासमा नजोड्ने भनेको हाम्रा कतिपय नीतिहरूले पनि हो। पर्यटन ऐन पनि संशोधनको प्रक्रियामा छ। प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकहरूलाई एउटा सर्किटमा विकास गरेर पर्यटन प्रवर्धन गर्नुपर्छ।’
राज्यमन्त्री सिर्पालीले प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकलाई एउटा सर्किटमा विकास गरेर पर्यटन प्रवर्धन गर्न जरुरी रहेको बताइन्।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam