प्रदर्शन शान्तिपूर्ण र संयमित बनाउन आयोगको आग्रह
७ मंसिर, काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
युवा संघ र व्यवसायी दुर्गा प्रसाईँले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेको सन्दर्भमा आयोगले नेपालको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न आग्ह गरेको हो। उसले प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको हो ।
आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’
आयोगले प्रदर्शनबारे सामाजिक सञ्जालमा आएका अभिव्यक्ति एवं सञ्चारमाध्यममा प्रकाशन, प्रसारण भएका सामग्रीलाई गम्भीररूपमा लिई नजिकबाट अध्ययन गरिरहेको जनाएको छ। आयोगको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोप प्रत्यारोपयुक्त अभिव्यक्ति दिनेजस्ता गतिविधि भएको पाइएकाले यसबाट सर्वसाधारण नागरिकमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको छ।’
प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयम अपनाउनु प्रदर्शनकारीकै प्राथमिक दायित्व रहेको आयोगको ठहर छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam