वेस्ट बैंकमा इजरायलको आक्रमण, सात प्यालेस्टिनीको मृत्यु

७ मंसिर, एजेन्सी

उत्तरी वेस्ट बैंकमा बुधवार भएको इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु भएको छ। मारिनेमध्ये ६ जना तुलकर्म शरणार्थी शिविरका र एक जना कलकिल्या शहरका रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले बुधबार बिहान तुलकर्म शिविरमा ड्रोन आक्रमण गरेको थियो, जसमा ५ प्यालेस्टिनीको मृत्यु भएको थियो । यसैबीच, कल्किल्या नजिकैको अजुन शहरमा इजरायली सेनासँगको भिडन्तमा एक प्यालेस्टिनी युवाको मृत्यु भएको छ ।

इजरायली आक्रमणले अक्टोबर ७ यता हमास–इजरायल द्वन्द्व शुरु भएदेखि वेस्ट बैंकमा २२५ प्यालेस्टिनीको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

TOP