हमासले बन्धक बनाएका मध्ये थप १७ जना रिहा
१० मंसिर, काठमाडौं : हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन्।
अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको थियो। इजराइल र हमासबीच जारी अस्थायी युद्ध विरामको दोस्रो दिनसम्म हमासले कुल ४१ जनालाई आफ्नो नियन्त्रणबाट मुक्त गरी रेडक्रसको जिम्मा लगाएको छ। चार दिने युद्ध विराम गरेका इजराइल र हमास दुबै पक्षले बन्दी साटफेर गरिरहेका छन्।
इजराइलका तर्फबाट जेलमा रहेका ३९ जना प्यालेस्टाइनी बन्दीलाई मुक्त गरिएको इजराइलको कारागार सेवाले पुष्टि गरेको छ। हमासले रिहा गरेका बन्धक इजरायलले पठाएको सूची आधारमा मुक्त गरिएका हुन्।
मुक्त हुनेमा बालबालिका, महिला र वृद्धवृद्धा बढी रहेका छन्। साथै एकै परिवारका दाजु बहिनी, आमा छोरी पनि परेका छन्। हमासको कब्जाबाट मुक्त भएकाहरुलाई रेडक्रसको सहायतामा इजराइल पुर्याइ सकिएको छ।
साथै इजराइलले मुक्त गरेका प्यालेस्टाइनी बन्दीलाई पनि वेस्ट बैंकबाट परिवारको जिम्मा लगाइएको बताइएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam