कृष्णनगरबाट १ लाख ४० हजारको अवैध कपडा बरामद


शिवराज अनलाइन

कृष्णनगर, ११ मंसिर ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म कृष्णनगरले अवैध कपडा बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त कपडा नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

सिमा सुरक्षा गुल्म कृष्णनगरले १ लाख ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रण लिएको सशस्त्र प्रहरी निरीक्षक दधीराम पौडेलले बताए । उनले सूटको कपडा ८० पिस र बुद्धको कपडा २ सय पिस प्रहरीले नियन्त्रण लिएको बताए । बरामद गरिएको अवैध कपडा कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक पौडेलले बताए ।

सशस्त्र प्रहरी निरीक्षक दधीराम पौडेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले कृष्णनगर ३ ब्यारियल चेकपोष्टबाट उक्त अवैध कपडा नियन्त्रणमा लिएको जनाइएको छ ।

TOP