‘उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि स्वेच्छाले रुसी सेनामा भर्ती भयौँ’

२७ मंसिर, काठमाडौं : रुसी सेनामा कार्यरत एक नेपालीले देशको परिस्थितिका कारण आफूहरू उच्च जोखिम छ भन्ने जानेरै स्वेच्छाले रुस आएको बताएका छन्।

‘डायमण्ड सी म्याग्देली’ फेसबुक एकाउण्ट रहेका म्यादी बेनीका ती नेपालीले देशमा शक्तिको वरिपरि रहेका मुठ्ठीभरका व्यक्तिको जगजगीका आफूहरू जोखिम मोलेरै रुसी सेनामा भर्ती भएको जनाएका छन्। तर यसमा कुनै पश्चाताप नभएको उनले उल्लेख गरेका छन्।

लेखाइअनुसार उनी माओवादी पूर्वलडाकु हुन्। १० वर्ष युद्ध लड्दा पनि राज्यको चरित्र बदल्न नसकेकोमाउनले असन्तुष्टि पोखेका छन्। ‘हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमूल परिवर्तनका लागि बन्दुक बोकेर झण्डै एक दशक रगत–पसिना बगाइयो। अंशमा केही परिवर्तन त भयो, तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन’, उनले लेखेका छन्, ‘परिणामतः आज पनि सत्ता–शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुजिँपति हरुकै जगजगी छ। परिवर्तनको लागि दशकौँ योगदान गरेका हजारौँ योद्धा आज परिवार पाल्नकै लागि विदेशका गल्ली–गल्लीमा भौँतारिनु पर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ। यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ।’

उनले पहिले सशस्त्र युद्धमा लागेकोमा र अहिले रुसी सेनामा सहभागी हुनुपरेकोमा पश्चाताप नभएको बताएका छन्। अहिलेको यात्रामा पाइला–पाइलामा जोखिम भए पनि हार नमानेको उनले जनाएका छन्। ‘न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उद्देश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रूपमा बन्दुक बोकेकोप्रति कुनै गुनासो छ’, उनले लेखेका छन्, ‘स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन। जोखिमपूर्ण यात्राको पाइला–पाइलामा चुनौती त छ नै यद्यपि हार कहिल्यै मानिँदैन। गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ।’

उनले अहिले पनि कतिपय नेपालीले रसियामा भर्ती हुन आउनुपर्‍यो, माध्यम मिलाइदिनुपर्‍ यो भनेर आफूलाई ‘म्यासेज’ गरिरहेको दाबी गरेका छन्। अहिले भर्ती बन्द रहेको भन्दै दलालको भ्रममा नपर्नसमेत उनले आग्रह गरेका छन्।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP