विवाहपञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ
२८ मंसिर, काठमाडौं : जनकपुरधाममा मनाइने सप्ताहव्यापीे सीताराम विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन, धनुष यज्ञ मनाइँदैछ।
त्रेता युगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतिकात्मक रुप धारण गरेका कलाकारहरुलाई धनुष भाँचेको अभिनय गराएर धनुष यज्ञ गरिन्छ।
मिथिलाका राजा जनकले धनुष उठाएर वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेका र अयोध्याबाट आएका दशरथ पुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर ताँदो चढाउन लाग्दा तीन टुक्रा भएको रामयणमा उल्लेख छ।
सोही पौराणिक कथनको आधारमा विवाहपञ्चमी महोत्सवमा तेस्रो दिन धनुष यज्ञ गरिन्छ। विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिएको थियो। दोस्रो दिन हिजो राम र सीताबीच पहिलो पटक फूलबारीमा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलवारी लिला गरिएको थियो।
विवाहपञ्चमी महोत्सव अन्तरगत भोलि चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ।
महोत्सवको अन्तिम दिन आगामी पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ।
त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष पौराणिक विधिअनुरुप विवाहपञ्चमी मनाइँदै आएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam