विश्व रेकर्डका लागि जनकपुरमा अन्नको प्रतिमा बनाइँदै
२८ मंसिर, जनकपुरधाम ।
विश्व कीर्तिमान कायम गर्न विवाह पंञ्चमीको अवसर पारेर जनकपुरधाममा अन्नले बनेको प्रतिमा बनाउन थालिएको छ।
जनकपुरधाममा पहिलो पटक अन्नको प्रयोगले त्रेतायुगाका मिथिलाका राजा जनक, गुरु विश्वामित्र, भगवान् श्रीराम र माता सिताको प्रतिमा बनाउन लागेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए।
जनकपुरधामको बाह्र बिघा मैदानमा बनाइन लागेको उक्त प्रतिमा ११ हजार ११ स्क्वायर फिट अग्लाे हुनेछ।
जनकपुर बृहत्तर क्षेत्र विकास कोष, उद्योग वाणिज्य सङ्घ र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइमा आइतबारदेखि सुरु भएको प्रतिमा निर्माणको काम भोली (शुक्रबार) सम्म सकिने बताइएको छ।
अध्यक्ष महासेठका अनुसार प्रतिमा बनाउनका लागि दश प्रकारका एक सय तीन क्विन्टल अनाज लाग्ने अनुमान गरिएको छ। प्रतिमा बनाउन अन्नको मात्रै प्रयोग गरिने र कुनै रंगको प्रयोग नहुने उनले बताए। रंगको आवश्यकता परेमा त्यहाँ सोही रंगको अन्न प्रयोग गरिने उनले जनाए।
प्रतिमा बनाउनका लागि भारतको मध्य प्रदेशबाट कालिगड सतिश गुजरको नेतृत्वमा आठ जनाको टोली बोलाइएको छ। १०/१२ लाख रुपैयाँको अनाज र लाइट, पण्डाल र मिस्त्रीको खानपानमा खर्च गरी २० देखि २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष महासेठले बताए।
विवाह पञ्चमी सकिएपछि प्रतिमा बनाउनमा प्रयोग भएको अन्न खेर नफालिने अध्यक्ष महासेठले बताए।
‘१५ प्रतिशत अन्न मिक्स हुन्छ जसलाई जनकपुरधाम उपमहानगरपालिकाले संचालन गरेको गौशालामा पठाइने र बाँकी अन्न वृद्ध आश्रम र अनाथ आश्रम लगागतका सङ्घसंस्थालाई दिइनेछ।’ उनले भने।
जनकपुरधाममा मनाइने विवाह पञ्चमीलाई विश्वमा चिनाउन र कीर्तिमान कायम गर्न अन्नको प्रतिमा बनाइन लागेको हो। यसअघि भारतको आयोध्यमा १० हजार ८ सय स्क्वायर फिटको प्रतिमा बनाएर विश्व रेकर्ड बनाइएको थियो।
जनकपुरमा ११ हजार ११ स्क्वायर फिटको प्रतिमा बनेसँगै अन्नबाट विश्वमा सबै भन्दा ठुलो प्रतिमा बनाउने कीर्तिमान जनकपुरधामको नाममा हुनेछ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam