अदालतमा एआईको प्रयोगलाई संस्थागत गर्छु : प्रस्तावित न्यायाधीश ढकाल
२ पुस, काठमडौँ : सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताएका छन्।
सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै ढकालले अदालत व्यवस्थापनको कार्यमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रभावकारिता अनुभव गरिएका दृष्टान्तहरु रहेको बताए।
दीर्घकालीन रुपमा विवेक प्रयोग गर्नुपर्ने र मानवीय उपस्थिति अत्यावश्यक पर्नेमा बाहेक न्याय प्रशासनको अभिन्न पक्षका रुपमा सो प्रविधिलाई संस्थागत गर्ने स्पष्ट पारे। उनले कोर्टरुम टेक्नोलोजीको प्रयोग गरी मुद्दा व्यवस्थापन, सुनुवाई र बहस व्यवस्थापन गर्न हालको अवस्थालाई थप सुदृढ पार्ने बताए।
उनले सामाजिक सुरक्षा, समानुपातिक सहभागिता र वातावरणीय स्वच्छतालगायतका संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयन गराउने बताए।
त्यसैगरी उनले पर्यावरणीय सन्तुलन, उपभोक्ता अधिकारको सम्बोधन एवं सामाजिक न्याय र समावेशिता जस्ता कुराहरुलाई पनि कार्यान्वयन गराउने कुरामा प्रतिबद्धता व्यक्त गरे।
उनले न्याय सेवाको गुणस्तर, व्यवस्थापनको चुस्तता, सेवाग्राहीमुखी कार्यसम्पादन, सहज कार्यवातावरण जस्ता आम न्यायका उपभोक्तालाई सुविधायुक्त सेवाप्रवाह गर्ने कुरामा समर्पित रहने पनि बताए।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam