सूचनाको अभावमा मन्त्री ज्वाला फसे : माधव नेपाल
काठमाडौँ : सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन्।
नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भीडमा पुगेकाले उक्त घटना भएको चर्चा भइरहेका वेला नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। सोमवार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको सिलसिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गर्नु आवश्यक नभएको पनि बताए।
नेपालले भने, ‘बालकुमारीमा हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसिरहेको थियो। हामी बैठकमा व्यस्त थियौँ, उहाँ सरकारी कामको सिलसिलामा बाहिर निस्कनु भएछ। त्यसमा फस्नुभएको हो। सूचनाको ग्यापको कारणले त्यो घटना घटेको हो। यसलाई अन्यथा रूपमा लिन आवश्यक छैन।’
उनले सो घटना आफ्नो पार्टी र सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए। अध्यक्ष नेपालले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरू जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा पनि जोड दिए।
नेपालले भने, ‘बालकुमारीको अस्तिको घटनाले हामी सबैलाई घचघच्याएको छ। नेपाली युवा ओइरो लागेर विदेश जाने स्थिति बनिराखेको छ। गाउँ युवाविहीन बनिरहेका छन्।’
अध्यक्ष नेपालले उक्त घटनाका सन्दर्भमा सरोकारवाला सबै निकायले पनि आत्मचिन्तन गरेर अघि बढ्नुपर्ने औँल्याए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam