कपुरकोट कर्णाली प्रदेशमै उत्कृष्ट
सल्यान : सल्यानको कपुरकोट गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा कर्णाली प्रदेशमै उत्कृष्ट भएको छ।
उक्त गाउँपालिका स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको हो।
आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए।
विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९/०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पुर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने उनले बताए।
कपुरकोट गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २७ दशमलव ५, लेखांकन तथा प्रतिवेदनमा १७, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५ दशमलव ५ अङ्क प्राप्त गरेको छ।
१०० पुर्णाङ्कको मूल्यांकनमा गाउँपालिकाले ९७ अंक पाएको प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले जानकारी दिए।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam