माघ १२ देखि काठमाडौँमा छैटौं अन्तरराष्ट्रिय एग्रिटेक प्रदर्शनी हुँदै
काठमाडौँ : कृषिसम्बन्धी बृहत् अन्तरराष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ माघ १२ देखि १४ गतेसम्म आयोजना हुने भएको छ।
मीडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रूपमा काठमाडौँको भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनी गर्न लागेको मिडिया स्पेस सोलुसन प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए। उनले छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका सयभन्दा बढी स्टल रहने बताए। उनले विशेष गरी कृषिसम्बन्धी भारत र चीनका कम्पनीहरूको स्टल रहेको उल्लेख गरे।
उनले प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले गर्ने कार्यक्रम रहेको बताए। उनले योभन्दा अगाडिका प्रदर्शनी भरतपुर चितवनमा गरे पनि यस वर्ष कृषि क्षेत्रमा काम गर्ने सरकार लगायत सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहेको बताए। उनले देशभरका किसानलाई प्रदर्शनी भ्रमण गराउन सहज हुने भएकाले काठमाडौंमा आयोजना गरिएको बताए।
उनले ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनीको आयोजना गर्नु भनेको देशका विभिन्न क्षेत्रबाट आउने किसान नवीन प्रविधिको बारेमा जानकारी दिनु रहेको बताए। उनले प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाइ, विषादीरहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताए।
मेलामा देशभरबाट बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरूले प्रदर्शनीमा आधुनिक प्रविधिका बारेमा जानकारी दिने आयोजकले जनाएको छ।
प्रदर्शनीमा करिब २५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको र निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam