मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज
१८ माघ, एजेन्सी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदैछ।
केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले केही लोकप्रिय कार्यक्रमसहित आर्थिक वर्ष २०२४–२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट सार्वजनिक गर्दैछिन्। पूर्ण बजेट भने लोकसभाको निर्वाचनपछि आउनेछ।
अन्तरिम बजेटबाट महंगी नियन्त्रण गर्दै ग्रामिण अर्थव्यवस्थालाई बढावा दिने सरकारको दाबी छ । साथै आयकरमा छुट दिने सरकारी योजना छ। बजेटमा कृषकलाई दिने अनुदान बढाउने तथा भाजपा सरकारको प्रभाव देखाउने केही कार्यक्रमसमेत समेट्न सक्ने आँकलन गरिएको छ।
केन्द्रीय वित्तमन्त्रीले चार महिनाको सरकारी खर्चका लागि बजेट प्रस्तुत गर्ने र बाँकी ८ महिनाको बजेट जुलाईपछि बन्ने नयाँ सरकारले ल्याउने अधिकारीहरुले जनाएका छन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam