राष्ट्रपतिलाई एमालेको चेतावनी : संसद् महासचिव नियुक्तिमा चलखेल मान्दैनौँ
काठमाडौं : नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उहाँले संघीय संसदको महासचिव पद खाली अवस्थामा हुनु र अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? भन्दै प्रश्न गरे।
महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो। उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए।
कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व नियुक्ति गर्न आग्रह गरे। आगामी बैठकहरुमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कामय राख्न आग्रह गरे।
उनले भने, ‘आज हाम्रो संघीय संसदको महासचिव पद खालि अवस्थामा छ। भर्खरै मात्रै सम्माननीय अध्यक्षज्युले खालि भएको कुरा सुनाउनुभयो। तर यो अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? हामीले कस्तो राष्ट्रपति पायौँ ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपतिज्यू तपाईको अध्ययन चिन्तन अब बढी भएन र? एउटा संसदको महासचिवमा तपाईको चलखेल किन? हामीलाई कानूनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व दिइयोस्।’
नेता दाहालले सत्ताधारी गठबन्धनको अकर्मण्यताका कारण यो व्यवस्था कमजोर भएको बताए।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam