भारतसँगको सिमानामा कडाइ गर्नुपर्छ : सांसद पन्त
काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाइ गर्नुपर्ने बताएका छन्। आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
उनले नेपाल जो आएर बसे पनि हुने देश बनेको बताए। उनले नेपालमा जो आएर जे गरे पनि हुने हो? भन्दै प्रश्न गरे। उनले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सिमाना भएको बताए।
उनले भने, ‘नेपाल जो आएर बसे पनि हुने देश भयो। पनौतीमा जानुस्। दुई, तीन वर्ष अघिदेखि हाम्रा दैनिक अखबारहरुले सम्पूर्ण रिपोर्ट गरेका छन्। रोहिंग्या शरणार्थीलाई गिरोहले ल्याउँछ। पनौतीमा बस्छन्, दुई तीन पुस्ता हुन थाले। न्युरोड क्षेत्रमा जानुस्, तोस्रो लिंगीहरु बाटोमा खुट्टा समातेर झोला खोल्न लगाएर बलजफ्ती पैसा असुली रहेका हुन्छन्। नेपालमा जो आएर जे गरे पनि हुने हो? हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ। त्यसमा टाइट गर्नैपर्छ।’
सांसद पन्तले काठमाडौंमा तेस्रो लिङ्गीहरुले दिनदहाडै दुःख दिन थालेको भन्दै सरकारले आवश्यक चासो दिनुपर्ने बताए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam