सातौँ स्थापना दिवस मनाउँदै गण्डकी सरकार
पर्वत : गण्डकी प्रदेश सरकार बनेको छैटौँ वर्ष पूरा भई सातौँ वर्ष लागेको छ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपश्चात् प्रथम पटक प्रदेश सरकारको गठन भएको सम्झना स्वरूप हरेक वर्ष फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाइन्छ। यो दिन प्रदेशमा सार्वजनिक बिदा पनि दिइन्छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभकामना सन्देश जारी गरी गण्डकी प्रदेशको दोस्रो आवधिक योजनाले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ सोच अगाडि बढाएको बताएका छन्। उनले नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउन सरकार प्रयत्नशील रहेको जनाएका छन्।
संविधानले दिएको जिम्मेवारी पूरा गर्दै जनताको अपेक्षालाई पूरा गर्नका लागि संवैधानिक मूल्य, मान्यता तथा प्रचलित कानून बमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसाथ गरेकाे उनको शुभकामना सन्देशमा उल्लेख छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam