तनहुँमा जन्ती बोकेको जीप दुर्घटना : दुईजनाको मृत्यु, १६ घाइते
रासस
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्।
सोमबार बिहान बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल जीप खसेको थियो। घाइतेको उपचार विभिन्न अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam