कपिलवस्तु साझेदारीमा तिवारी र यादवकाे कडा टक्कर
कपिलवस्तु ।
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षको लागी दुई जनाको चर्चा सुरु भएको छ । फागुन १६ गते हुने अधिवेशनमा वर्तमान अध्यक्ष गंगेशनाथ तिवारी र राजेन्द्र कुमार यादवको नाम चर्चामा रहेको छ । नेपाली कांग्रेस निकट यादव र नेकपा एमाले निकट तिवारी विच कडा टक्कर हुने वतार्ईएको छ । कपिलवस्तु जिल्लाको महराजगंज नगरपालिका,वुद्धभुमी नगरपालिका,शिवराज नगरपालिका र अर्घाखांचीको सितगंगा नगरपालिकाका उपभोतmा वाट छनोट भएका १५४ जना प्रतिनिधिवाट अधिवेशनमा मतदान हुने छ ।
यादवलाई जिताउन महाराजगन्ज नगरपालिका अब्दुल कलाम लागि परेका छन् भने तिवारीलाई जिताउन पूर्व राष्ट्रिय सभा सदस्य दिर्घनारायण पाण्डे पप्पु नवराज लामिछाने को सक्रियता रहेको छ । नेकपा एमाले सँग राप्रपाको गठबन्धन रहेको छ भने अन्य दलहरुको साथ यादवलाई रहेको पाइएको छ । जिल्ला साझेदारी बनका अध्यक्ष समेत रहेको गंगेश तिवारी प्रभावशाली नेताको रुपमा आफ्नो परिचय बनाएका छन् । भने यादवलाई नयाँ अनुहार हो । निर्वाचनका कडा प्रतिस्प्रधा रहेकोले यसै भन्न सकिने अवस्था नरहेको एक सदस्यले बताए । व्यक्ति भन्दा पनि पार्टीको लडाइ रहेकोले बनको निर्वाचनलाई रोचक मानिएको छ । झिनो मताअन्तरले हारजित हुन सक्ने अनुमान रहेको पाइन्छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam