सरकारले सिआइबीबाट किरण बज्राचार्यलाई हटायो, एआईजी श्यामलाल ज्ञवालीलाई पठायो


काठमाडौँ : सरकारले सिआइबी प्रमुख किरण बज्राचार्यलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनलाई त्यहाँबाट प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पठाएको छ ।

सिआइबी प्रमुखमा विभागमा रहेका श्यामलाल ज्ञवालीलाई ल्याइएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उनले सुन प्रकरणको छानबिन आयोगको प्रतिवेदन तकाल कार्यान्वयन प्रक्रियामा लैजाने निर्णय पनि भएको शर्माले जानकारी दिइन्।

जाँचबुझ आयोगले सुन प्रकरणको अनुसन्धानमा बज्राचार्यले गम्भीर गल्ती गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो। साेही सिफारिसका आधारमा उनलाई सरुवा गरिएको हो।

TOP