उत्तर कोरियाले रूसलाई सात हजार कण्टेनर हतियार पठायो : दक्षिण कोरिया
एजेन्सी
युक्रेनसँगको युद्धका लागि उत्तर कोरियाले रूसलाई करिब सात हजार कण्टेनर हतियार पठाएको आरोप दक्षिण कोरियाले लगाएको छ।
दक्षिण कोरियाली रक्षामन्त्री शिन वोन सिकले सोमबार पत्रकार सम्मेलन गरी उत्तर कोरियाबाट रूसतर्फ सेप्टेम्बरदेखि अहिलेसम्म थप ३०० कण्टेनर हतियार पठाइएको र युद्ध सुरू भएदेखि अहिलेसम्म करिब सात हजार कण्टेनर त्यहाँ पुगेको दाबी गरेको हो।
रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा शिखर वार्ता भएको र त्यसपछि प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन थालेको यसअघि संयुक्त राज्य अमेरिकाले पनि दाबी गरेको थियो।
संयुक्त राज्य अमेरिकाले सन् २०२३ अक्टोबरमा प्योङयाङबाट मस्कोमा हतियार ढुवानी भइरहेको बताएको थियो र उत्तर कोरियाले त्यस समयमा रूसलाई एक हजार भन्दा बढी कण्टेनर सैन्य उपकरण र युद्धसामग्री पठाएको दाबी गरेको थियो।
उत्तर कोरियाले मस्कोबाट सैन्य टोही उपग्रह प्रक्षेपण गर्ने प्रयासबारे प्राविधिक सल्लाह प्राप्त गरेको बदलामा नोभेम्बरमा प्योङयाङले रूसमा १० लाखभन्दा बढी तोपगोला पठाएको सियोलले बताएको थियो।
गत सेप्टेम्बरमा रूस भ्रमणका क्रममा किमले मस्कोसँगको द्विपक्षीय सम्बन्ध आफ्नो देशको ‘पहिलो प्राथमिकता’ भएको घोषणा गरेका थिए।
यसैबीच उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार किमले रूसी राष्ट्रपति पुटिन पाँचौँ कार्यकालका लागि पुनः निर्वाचित भएकामा बधाइ सन्देश पठाएका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam