झापाका हात्तीपीडित ५३३ परिवारले पाएनन् राहत
रासस
झापा : जिल्लामा जङ्गली हात्तीको आक्रमण व्यहोरेका पीडितले सहयोग नपाएको गुनासो गरेका छन्। चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका ५३३ परिवारले राहत नपाएका हुन्।
डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ। पाँचजना मृतक परिवारसहित ५३३ घरपरिवारका लागि एक रोड २६ लाख ४९ हजार ३९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरेकोकार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताइन्।
कार्यालयले पहिलो चरणमा ३२१ र दोस्रो चरणमा २१२ परिवारका लागि राहत रकम माग गरेको उनले जानकारी दिइन्। ‘राहत रकमका विषयमा फोन आइरहन्छ’, उनले भनिन्,‘पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ।’
गत कात्तिक २ गतेसम्म ३२१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार ९४० राहत रकम माग गरिएको थियो। यस्तै गत माघ २९ गते थप २१२ जनाका लागि ६८ लाख २० हजार ४५२ माग गरिएको थियो ।
पाँचजना मृतकको परिवारका लागि ५० लाख माग गरिएको छ। सात घाइतेका लागि आठ लाख ५१ हजार आठ सय ९२, घरगोठमा पुर्याएको क्षतिको पूर्तिका लागि २५ लाख ४९ हजार ७००, अन्नको क्षति बराबर ६ लाख ८९ हजार ६०० र बालीनालीमा पुगेको क्षति बराबर ३५ लाख ४८ हजार २०० रुपैयाँ माग गरेको डिभिजन वन कार्यालयले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam