वसन्त यामको हिमाल आरोहण खुला
काठमाडौं : पर्यटन विभागले वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति खुला गरेको छ। आरोहणका लागि उपयुक्त मानिने वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन शुरु गरिएको हो।
मंगलबारसम्म पाँच हिमाल आरोहणका लागि सात समूहका ४६ जनाले अनुमति लिइसकेको विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले जानकारी दिए। आरोहीले सगरमाथासहित अन्नपूर्ण पहिलो, जुगल,हिमलुङ र अमादब्लम आरोहणको अनुमति लिएका हुन्।
सबैभन्दा बढी अन्नपूर्ण पहिलोका लागि २४, सगरमाथाका लागि आठ, अमादब्लमका लागि आठ, हिमलुङका लागि पाँच र जुगल हिमाल लागि एक आरोहीले अनुमति लिएको गुरुङले जानकारी दिए।
आरोहण अनुमतिबाट एक करोड ८२ लाख ७७ हजार ९८० रुपैयाँ उठेको विभागले जनाएको छ। वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै ४७८ ले अनुमति लिएका थिए।
हिमाल आरोहणका लागि अनलाइन बुकिङ गर्न सक्ने व्यवस्था मिलाएको विभागले जनाएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam