विश्वभर दैनिक खेर जान्छ एक अर्ब डलरको खाना
एजेन्सी
विश्वमा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर जाने गरेको छ। बुधबार सन् २०२२ को तथ्यांक प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघले खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ ।
करिब ८० करोड मानिस भोकै बस्नुपर्ने अवस्थामा घर र व्यवसायले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो फुड वेस्ट इण्डेक्स रिपोर्टमा उल्लेख छ। रिपोर्टअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनको करिब २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो।
राष्ट्रसंघीय पर्यावरण कार्यक्रम (यूएनईपी) का कार्यकारी निर्देशक इन्गर एण्डरसनले भनेका छन्, ‘खानाको नोक्सानी विश्वव्यापी त्रासदी हो, विश्वभरमा खानाको नोक्सानीका कारण आज मानिसहरू भोकै बस्नेछन्।’ रिपोर्टमा यस्तो प्रकारको नोक्सानी नैतिक मात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको उल्लेख छ।
खानाको नोक्सानीले उड्डयन क्षेत्रको पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्छ र यस्ता कहिल्यै नखाइने बाली उब्जाउन भूमिको विशाल भागलाई परिवर्तन गर्न आवश्यक छ । गैरनाफामूलक सङ्गठन डब्ल्यूआरएपीसँग सहलेखन गरिएको रिपोर्ट राष्ट्रसंघले संकलन गरेको विश्वव्यापी खाद्य नोक्सानीमाथि दोस्रो हो र यसले अहिलेसम्मको सबैभन्दा पूर्ण तस्विर प्रदान गर्छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam