शान्ति प्रक्रिया टुंग्याउने काममा बार्गेनिङ नगरौँ : देवेन्द्र पौडेल
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सांसद पौडेलले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई बार्गेनिङको विषय नबनाउन दलहरुलाई आग्रह गरेका हुन्।
उनले संसदभित्रका दलहरु सत्तापक्ष र प्रतिपक्षमा पालोफेरो हुने गरेका भन्दै संविधानले निर्दिष्ट गरेका कानुनहरु बनाउने कुरामा सबै एकै ठाउँमा हुनुपर्ने बताए।
उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताए। त्यस्तै शिक्षा ऐन, निजामती कर्मचारी ऐन, वन, प्रहरी र भूमिसँग सम्बन्धित ऐनलाई पनि छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए।
उनले भने ‘टिआरसीसँग सम्बन्धित कानुन बनिसकेको छैन। हामी दलका प्रतिनिधिहरु यही सदनभित्र बस्दा कहिले कुन त कहिले कुन खण्डमा गएर बस्छौँ। तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरु बनाउने प्रशंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानविन आयोग पनि यत्तिकै अल्झिएर बसेको छ। हामी यसलाई छिटै टुंगो लगाउनुपर्ने छ। यसको निम्ति कसैले पनि बार्गेनिङको विषय नबनाऔँ।’
उनले संसदलाई कटाक्ष गर्ने थलो नबनाई जनतामा परेका समस्या समाधान गर्ने परिणाममुखी थलो बनाउनुपर्ने बताए।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam